९ पुस, ०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलन गर्ने भएको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले देशव्यापी प्रदर्शन १४ गते गर्ने बताएका छन् । प्रदर्शन काठमाडौं केन्द्रित हुने उनको भनाइ छ । यस्तै आजको बैठकले…