५ फागुन ०७६,काठमाडौं । जिल्ला अदालत काठमाडाँैले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै सोमबारका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार फैसला आउनेछ ।…