काठमाडौँ ११ जेठ । सिङ्गापुर एयरलाइन्सको विमानएक्कासी तल झर्दा (गम्भिर टर्ब्युलेन्स) २० जना यात्रुको मेरुदण्डमा चोट लागेको छ । बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् । लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो…