२१ चैैत्र ०७८, काठमाडौं । काष्ठमण्डप आज (सोमबार) देखि सर्वसाधारणका लागि खुला गरिँदैछ। हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार लोकार्पण गर्ने कार्यक्रम छ। २०७२ को भूकम्पले पूर्णतः क्षति भएको काष्ठमण्डपलाई पुनः निर्माण गरी पहिलेकै अवस्थामा ल्याइएको हो।