
२१ चैैत्र ०७८, ललितपुर । ललितपुरको छम्पी छेडामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका ९ छम्पी छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घरनजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत अवस्थामा फेला परेकी छन् ।
मृत अवस्थामा फेला परेपछि उनको शवलाई पोष्ट मार्टमका लागि पाटन अस्पताल लगिएको वडाध्यक्ष आत्मराम थापाले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया