२४ पुस ०७८, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी गरिने भएको छ । सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९ गतेदेखि सो प्रदर्शनी गर्न लागिएको हो । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा यही पुस पहिलो सातादेखि २५ जना वरिष्ठ कलाकारकाले कोरेका वसन्तपुर क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रलाई नै…