२८ कात्तिक ०७८, काठमाडौं । वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज आइतबार निधन भएको छ । शारीरिक रूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट…