१७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र नेपाललाई चिनाउने प्रभावकारी माध्यम भएको बताएकी छन्। चलचित्र विकास बोर्डको २४औँ वार्षिकोत्सव कार्यक्रमकाको उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्र आमसञ्चारको सशक्त माध्यम भएको बताइन्। ‘हामीले पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका…