११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’को छायांकन सुरु



१७ साउन । यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ ।
चलचित्र को साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । केही दिन अघि यस फिल्मको कलाकार र निर्देशकीय टिमको उपस्थितिमा चलचित्र ‘कार्साङ’को केही दिन काठमाडौंमा कार्यशाला (वर्कशप) चलेको थियो ।

बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै चलचित्रमार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।

सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

सअघि थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यू निर्देशन चलचित्र हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ ।

यस चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह–निर्माता रहेको चलचित्रका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोख संगीत निर्देशक रहने चलचित्रको मुख्य सह९निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह९निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।