काठमाडौँ नेपाली चलचित्र क्षेत्रमा नवअभिनेत्री सोल गुरुङको प्रवेश भएको छ । निर्देशक मिलन चाम्सले नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङको प्रवेश भएको हो । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको यस चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा सुरु हुन लागेको निर्देशक चाम्सले बताएका छन् । निर्देशक चाम्सले भने, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि…