७ चैत्र । मंगलबार साँझ चलचित्र महाजात्राको राजधानीमा प्रिमियर सम्पन्न भयो । चलचित्र‘जात्रा’ पछि ‘जात्रैजात्रा’ अनि अर्को सिक्वेल महाजात्रा निर्माण गरिएको हो । महाजात्राको प्रिमियरमा सहभागी भीड हेर्दा जात्राको बेला सडकमा देखिने भीडकै झल्को दिन्थ्यो । अपेक्षा गरेभन्दा धेरै निम्तालु निम्ताबिनै आएपछि निर्माता म्याक्स दिपेश खत्री तनावमा देखिन्थे । उनी पाहुना व्यवस्थापन गर्न भौतारिरहेका थिए…