माघ २३ गते प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेम कथानक चलचित्र ’कुमारी’ले आफ्नो प्रवद्र्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरे लगत्तै चलचित्रको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो। चलचित्रको प्रचार प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ’कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न…