५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्यकलाकारको टोली प्रस्तुती लिएर अमेरिकामा



 

नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भाग २ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आईपुगेका हुन् ।
हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणी पौडेल, सुमन कोईराला ,सुमन कार्की,मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आएका हुन् ।

उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती मार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए ।

सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाईएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए । फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाईएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने पछाईले सुनाए ।

अमेरिकाको व्यस्त जीवनमा रहनुभएका नेपालीहरुलाई हसाउनका लागि कोशेली लिएर टोली आएको फेम नेपालले शुक्रवार गरेको पत्रकार सम्मेलनमा कलाकारहरुले बताए ।

प्रकाशित मिति : २० माघ २०८२, सोमबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।