२५ माघ । चलचित्र सेन्सर बोर्डले ल्याउन लागेको कार्यविधिले चलचित्र निर्माणको भविष्यमाथि नै गम्भीर असर पुग्ने चलचित्र निर्देशक समाजले बताएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाज प्रस्तावित कार्यविधि नेपालको संविधानको धारा नम्बर २ मा रहेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बुँदाको विपरीत रहेको जनाएको छ । 'कार्यविधिमा प्रदर्शन अनुमतिका लागि चलचित्र जाँच समितिको…