काठमाडौ १७ मंसिर । नेपाली चलचित्र ‘हिटम्यान’ अन्र्तराष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ । चलचित्रलाई बिश्वब्यापी प्रर्दशन गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा प्रर्दशन गरिने भएको हो । आइतबार राजधानीमा एक कार्यक्रममा बीच चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर प्रर्दशन गरिएको छ ।…