५ भदौ । वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते साङ्गीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले साङ्गीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको…