काठमाडौं । नेपाली संगीत क्षेत्रमा कलाकारले कामबापतको पारिश्रमिक नपाउने समस्या अझै समाधान हुन नसकेको छ। श्रम शोषणजस्तो दीर्घकालीन समस्या बारम्बार उठ्दै आए पनि यथार्थमा परिवर्तन नआएको कलाकारहरूले बताएका छन्। गायिका अञ्जु पन्तले सामाजिक सञ्जालमार्फत आफूलाई १५ दिनमै रकम दिने भन्दै लिइएको पैसा पाँच महिनासम्म नदिएको गुनासो सार्वजनिक गरेकी छन्। उनले ‘भोली, पर्सी’ भन्दै भाका राख्दै…