कुनै समयका समकक्षी अभिनेत्री रहेका नीता ढुङ्गाना र विपना थापा फेरि एउटै चलचित्रमा काम गर्ने भएका छन् । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा विपना थापा अभिनेत्रीको भूमिकामा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो। यसअघि नीता र विपनाले चलचित्र ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए।…