काठमाडौं मंगलबार साँझ राजधानीको बानेश्वरस्थित एक सिनेमा भवनमा चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर आयोजना गरिएको थियो । चलचित्र हेरिरहेका सहभागीहरु धुरुधुरु रोइरहेका थिए । चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् । केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका देखिन्थे । सिनेमाले आफूहरूलाई जस्तै दर्शकको पनि मन छुने र…