२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जारी २’ र ‘मन बिनाको धन’ बक्स अफिसमा मजबुत प्रदर्शन



काठमाडौं ।  एकैदिन प्रदर्शनमा आएका नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’* ले नौ दिनमै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका छन्। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘जारी २’ ले ४ करोड ९२ लाख २२ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ। त्यस्तै ‘मन बिनाको धन’ले २ करोड ४३ लाख ३५ हजार रुपैयाँ कमाएको छ।

बोर्डका अनुसार ‘जारी २’ का १ लाख ६२ हजार ३३३ टिकट र ‘मन बिनाको धन’ का ९० हजार ५२६ टिकट बिक्री भएका छन्। २०८० मा रिलिज भएको सफल फिल्म ‘जारी’ को सिक्वेलका रूपमा आएको ‘जारी २’ ले व्यापारमा पनि निरन्तर सकारात्मक वृद्धि देखाएको छ।

लिम्बू संस्कृतिमाथि आधारित फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू आदि कलाकारहरूले भूमिका निर्वाह गरेका छन्।

यता, ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीको वास्तविक जीवनयात्रामाथि बनेको फिल्म हो। टंक बुढाथोकी निर्देशित यस फिल्मले दर्जीले संगीत क्षेत्रमा पुर्‍याएको यात्रा र संघर्षलाई कथानकमा समेटेको छ। दुवै फिल्मले पहिलो हप्तामै दर्शकको आकर्षण कायम राख्दै नेपाली बक्स अफिसमा उत्साहजनक परिणाम देखाएका छन्।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।