ललितपुर आज भाइटिकाको अवसर पारेर देशभरका चलचित्र भवनहरुमा नेपाली चलचित्र ’सोल्टिनी’ र ‘वरिष्ठ बलराम’को प्रर्दशन सुरु भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट ’युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको चलचित्र ’सोल्टिनी’ लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ ।…