२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका आत्मदाह प्रयास प्रकरण : गायक बाबुल गिरीसँग सोधपुछ सुरु



काठमाडौँ । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीमाथि सोधपुछ सुरु गरेको छ।

शनिबार अनामनगरस्थित एक स्टुडियो अगाडि पौडेलले शरीरमा पेट्रोल छर्की आत्मदाह प्रयास गरेकी थिइन्। उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार, सो घटनाबारे विस्तृत जानकारी लिने उद्देश्यले गायक बाबुल गिरीलाई प्रहरी परिसरमा बोलाइएको हो।

साङ्गीतिक क्षेत्रमा नितु र बाबुलबीच निकट सम्बन्ध रहेको बताइन्छ। अहिले नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।