काठमाडौं पछिल्लो समय कार्यक्रम आयोजना गरेर नेपाली चलचित्रको पोस्टर सार्वजनिक हुन छाडेको थियो । चलचित्रहरु डिजिटल प्रविधिमा बन्ने क्रमसँगै पोस्टर सार्वजनिक कार्यक्रम रोकिएको थियो । तर पछिल्लो समय पुनः चलचित्रको प्रचार सामाग्रीको रुपमा दर्शकमाझ कार्यक्रम आयोजना गरेर चलचित्रको पोस्टर अनावरण हुन थालेको छ । गतसाता राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘माग्नेराजा’को पोस्टर सार्वजनिक गरिएको थियो…