काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका केही निर्माताबीच देखिएको टकराव, धम्की, गालीगलौज र असभ्य व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। संघले यस्ता गतिविधिले चलचित्र मात्र नभई पत्रकारिता क्षेत्रलाई समेत असर पारेको भन्दै कडा आपत्ति जनाएको हो। संघले जारी गरेको विज्ञप्तिमा पत्रकारलाई धम्की दिने, दुव्र्यवहार गर्ने वा शारीरिक हानी पुर्याउने गतिविधि कदापि…