काठमाडौं चलचित्र मैझारोको दुई पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिकसँगै चलचित्र कार्तिक ७ गतेबाट प्रर्दशन गर्ने घोषणा गरेको छ । पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्।…