काठमाडौं । यही भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’ पारिश्रमिक विवादले घेरिएको छ। चलचित्रको प्रमोसनको क्रममा आयोजित पत्रकार भेटघाटमा मुख्य अभिनेता दयाहाङ राईले अझै पनि केही कलाकार र प्राविधिकको पारिश्रमिक नबुझाइएको बताएका हुन्। पहिले सम्झौताअनुसार समयमा पारिश्रमिक नपाएपछि निर्माण टिम र कलाकारबीच विवाद उत्पन्न भएको थियो। यसै कारण दयाहाङ र पटकथा लेखक उपेन्द्र…