धरान बिहीबार साँझ धरानमा साङ्गीतिक कार्यक्रम ’ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्यालीमार्फत दर्शकहरू सहभागी भए । धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत…