चलचित्र ‘लाज शरणम्’ छैटौं हप्तासम्म निरन्तर प्रदर्शन हुन सफल भएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रर्दशन सुरु भएको यो चलचित्र् ५१ दिन पार गर्ने छाँटकाँट देखाएको छ । यस चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले बताएको छ । “चलचित्र लाज शरणम् सफलतासहित छैटौं हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने,…