ललितखबर राजधानीमा हरेक हप्ता चलचित्रको प्रिमियर आयोजना हुन्छ । कतिपय चलचित्रको प्रिमियरमा हलका सिट खाली हुन्छ भने कुनै प्रिमियरमा पाहुनाको भीडले अत्याउछ । बुधबार राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा यस्तै भयो । ४ बजेका लागि ‘ऊनको स्वीटर’ प्रिमियरका लागि आगन्तुक बोलाइएको थियो । साडे चार बजे नै हलको सिटहरु आगन्तुकले भरिए । हल बाहिर भीड…