ललितखबर
सुखद नै मान्नुपर्छ । आजकल फरक विधामा चलचित्रहरु निर्माण भइरहेका छन् । शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र ‘झिल्को’ प्रर्दशन सुरु भएको छ ।
नेपाली सिनेमामा नायकहरुको राज सकिएपछि सामाजिक कथामा चलचित्रहरु बन्न थाले । पछिल्लो पुस्ताले सर्वाधिक रुचाएको जनरा(विधा) पनि सामाजिक कथा (सोसियल ड्रामा) नै हो । आजकल समाजभित्रका दुःख
र सुखका कथाहरु चलचित्रमा बिक्छन् । चलचित्र ‘झिल्को’ पनि यो विषयभन्दा टाढा छैन ।
एउटा सानो झिल्कोले पुरै परिवारमा पर्ने संकटलाई शुष्म रुपमा निर्देशक यावदकुमार भट्टराईले चलचित्रमार्फत देखाउने कोशिस गरेका छन् ।
कथासार
सानी वालिका आस्था (आयुषि ढकाल) सधै मोवाइल चलाउछिन् । खादा बस्दा, सुस्दा अनि उढ्दा उनको मोवाइल चलाउने बानी बसिसकेकोे छ । वावु चेतन (विशाल पोखरेल) र आमाआरती (वर्षा सिवाकोटी) छोरीको वानीदेखि हैरान छन् । चेतन पत्रकार माटोपाटी अनलाइन चलाउछन् । आरती गृहणी । दुवैको जीवनमा एउटा विन्दुमा पुगेपछि भयंकर संकट आउँछ । एउटा सामान्य परिवारमा अनायसै आउने संकटलाई निर्देशक यादवकुकमार भट्टराईले चलचित्रमार्फत देखाएका छन् ।
निर्देशक भट्राईको खुबीलाई चाही मान्नैपर्छ । हाम्रै समाज वरपर देखिने एउटा सामान्य विषयबस्तुलाई कथा बुनेर निर्देशक भट्टराईले मार्मिक तरिकाबाट देखाएका छन् ।
सुन्दर पक्ष
चलचित्र झिल्कोले आजको भत्कदै गएको समाजको कथा भनेको छ । डिजिटल दुनियाले निम्त्याएको संकट देखाएको छ । पत्रकारिताको कमजोरी केलाएको छ । अधिकारवादीहरुको उक्सावटका कारण आज हरेक घर घरमा भित्रिएको कलहलाई देखाएको छ । बैंक तथा वित्तीय संस्थामा हुने अनियमिततामाथि व्यङ्य गरेको छ ।
कथा समसामयिक छ । चलचित्रमा गल्ती गर्ने पात्रले सुधार गर्नुका साटो लुकाउने र एकपछि अर्को गल्ती गर्दा आउने परिणामलाई देखाएको छ । चलचित्रमा समस्यासँगै समाधानका लागि सोच्न बाध्य बनाउने बग्रल्ती दृश्य छन् ।
कमजोरी
चलचित्रको पटकथा र संवाद कमजोर छ । कर्कसलाग्दो पार्शसंगीतले कथा भन्ने ठाँउमा अवरोध श्रृजना गरेको छ । चलचित्रको ट्रेलरमा जे जति कथा देखाइएको छ । त्यो भन्दा भिन्न चलचित्रमा भेटिन्न । सबै कुरा ट्रेलरमा देखाइएकोले हुनसक्छ चलचित्रमा हेर्नैपर्ने कुरा थोरै छन् जस्तो लाग्छ ।
निर्देशक भट्टराईले चलचित्रलाई सरल बनाउने कोशिस गरेकाले हुनसक्छ । सामान्य र सतही विषयबस्तुका कारण रोचक मोड र घुम्ति भेटिन्न । चलचित्रमा मसलाको प्रयोग छैन । त्यसैले चलचित्र ‘झिल्को’ सामान्य टेलिचलचित्र जस्तो लाग्न सक्छ ।
चलचित्रको लम्बाई १ घण्टा ३० मिनेट मात्रै छ । कथालाई रोचक बनाउन थुप्रै कुरा जोड्न सकिन्थ्यो । चलचित्रलाई सिनेम्याट्रिक लिवर्टीको सहरा लिएर काल्पिनिक र कलात्मक तत्व थप्न सकिन्थ्यो । संवादहरुको रुचि बढाउन हास्यशैली मिसाउन सकिन्थ्यो । चलचित्रमा कथा सँगै द्वन्द्वका रुचिकर दृश्य राख्न सकिन्थ्यो । पैसा तिरेर चलचित्र हेर्न जाने दर्शकले सामान्य र छोटो कथा भएको चलचित्र रुचाउदैन ।
चलचित्रभित्र कतिपय कुरा वास्वविकताभन्दा अतिरञ्जित गरिएको छ । वालिका आस्थाको मोवाइल चलाउने बानी (सिरियस मोवाइल एडिक्सन डिस्अर्डर) निको नै नहुने रोगको रुपमा देखाउनु र शिक्षक भुषण (सुनिल पोखरेल)ले विद्यालयमा वालिकालाई सझाय (वालहिंसा)दिइरहँदा पनि उनी पढाइरहेको र विमललाई आरतीले खाम दिएका तर सुन दिएको भन्ने संवादजस्ता दृश्य मिलेको छैन । ठाँउ ठाँउमा चर्को र रिसउठ्दो संवादले दिक्क लाग्छ ।
भट्राईले दृश्यभाषालाई सरल बनाएका छन् । तर कलात्मक लाग्दैन ।
प्रविधि
चलचित्रमा उच्चतम प्रविधिको प्रयोग छैन । दिपक बज्राचार्यले सामान्य एङ्गलको प्रयोग गरेर दृश्यहरु खिचेका छन् । निमेष श्रेष्ठको सम्पादन पनि ठिकै छ । श्याम कुँवरले दृश्यहरुमा मधुरो रंग भरेका छन् । कतिपय दृश्यहरु रंगविहीन लाग्छ । नारायण गैरेको सम्पादन पनि विशेष लाग्दैन ।
अभिनय
चलचित्रका पात्रहरुको अभिनयमा खोट लगाउने ठाँउ छैन । वालकलाकार आयुषि ढकालले दर्शकको अभिनय हृदयस्पर्शी छ । बर्षा सिवाकोटी, विशाल पोखरेल, सुनिल पोखरेल भेलाराज सापकोटा सबै कलाकारहरुको अभिनय सामान्य राम्रै छ ।
अन्तमा,
धेरै कल्पनाशीलता र थोरै वास्तविक र समाजको कथा भन्ने आजको चलचित्रको दुनियामा यतार्थपरक जीवनका समस्या केलाउने निर्देशकहरुको जरुरी छ । जीवन र जगतका यतार्थ भोगाइहरुलाई पर्दामा देखाएर शिक्षा दिने यादवकुमार भट्टराई जस्ता निर्देशकहरु समाजका गहना हुन् ।
तर चलचित्र व्यावसायिक वस्तु हो । चलचित्रलाई रुचिकर र व्यावसायिक रुपमा सफल बनाउन थुप्रै मसला जरुरी हुन्छ । नत्र चलचित्र नुन विनाको तरकार र चिनीविनाको चियाजस्तै हुन्छ । समाजमा यत्रतत्र देखिने कथालाई दर्शकले रुचाउने शैलीमा भन्न निर्देशक भट्टराई चुकेको आभास हुन्छ । आजका दर्शकका ढुकढुकी नछामी चलचित्र बनाउनु भनेको हलुवामा वालुवा राख्नु सरह हुन्छ । ‘झिल्को’ यस्तै चलचित्र बनेको छ ।








प्रतिक्रिया