२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मितज्यू’मा दयाहाङ, सौगात र तेरियाबीच आपसी लडाँइ



 

आज चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा औपचारिक कार्यक्रम गरेर निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। चलचित्र ‘मितज्यू’मा दयाहाङ, सौगात र तेरियाबीच द्वन्द्व आपसी लडाँइ देखिन्छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एकअर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्नेमा छ। सोही क्रममा मितेरी साइलो लगाएका दया र सौगातबीचको मित्रका बढो गज्जवको देखिन्छ। किनभने सौगात मित दयाको घरमा जाँदा रित्तो नगई भाले बोकेर बोकेर पुगेका छन्। जहाँ मितिनी तेरिया मगरले भाले मात्रै किन पोथी पनि ल्याउनुपथ्यो नि भन्ने गाउँले शैलीमा बोल्छिन्।

यता उनीहरुले मित लगाएको कुरालाई हात हेर्ने ज्योतिषीले हल्का रुपमा नलिन आग्रह गर्छन्। उनीहरुबीचको संटक र गाउँको बाटोमा गाडी कुटाउने प्रतिष्पर्धा बडो रोचक लाग्छ। एकअर्काबीचको लडाई झगडा र मितको नाममा कलंकसम्मको कथा पर्दामा देख्न सकिन्छ।

कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो। सोही कुरालाई समेत गहिरो रुपमा अध्ययन गरि निर्माण गरिएको यो चलचित्रको ट्रेलरले निकै अर्थपुर्ण भाव प्रस्तुत गरेको छ।

यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। ग्रामीण परिवेशमा आधारित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर ९खबपु० लगायतका कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा लोकेश बज्राचार्यको सम्पादन,शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत छ। गीतमा स्वर श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लले दिएका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।