ललितपुर २४ जेठ । ललितपुर महानगरपालिका–२७ सुनाकोटीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने भएको छ । विसं १९९० को भूकम्पले भत्काएपछि पुरानै शैलीमा पुनः निर्माण नभएको भृङ्गारेश्वर महादेवको मन्दिर पुरानो टुँडालस्वरुपमा निर्माण हुने भएको छ । ललितपुरको सुनाकोटी धार्मिक तथा पर्यटकीय दृष्टीकोणले राम्रो भएकाले भृङ्गारेश्वर महादेवको ऐतिहासिक मन्दिरलाई पुरानो कलात्मक शैलीमा पुनः…