ललितपुर १३ कार्तिक । ललितपुरको इमाडोलमा एक युवक मृत भेटिएका छन् । दोलखा भिरकोट घर भएका २९ वर्षीय शुभराज काफ्ले मृत भेटिएका हुन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–३ ईमाडोल बोजेपोखरीस्थित डेरामा उनी मृत भेटिएका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनसन्धान सुरु गरेको बताएको छ ।