ललितखबर २२ जेठ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै दुबै पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रबक्ता कालीप्रसाद पराजुलीले मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी दुबै निलम्बनमा परेको ललितखबरलाई जानकारी दिएका छन् । उनका अनुसार…