५ असार । नेपालमा गायक र अभिनेताको रूपमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या राम्रै छ । अर्थात् उनीहरूले आफ्नो कलाकारितालाई दुवै माध्यमबाट प्रस्तुत गरेका छन् । गायकहरूमा अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ । यसको सुरुआत हिरा सिंह खत्रीद्वारा निर्देशित तथा २०२२ सालमा प्रदर्शित पहिलो नेपाली चलचित्र ‘आमा’ मै देखियो…