काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद कार्कीले वर्तमान सरकार गठन भएको एक वर्ष पुगिसक्दा समेत जनतालाई गरिएको कुनै पनि वाचा पूरा नभएको टिप्पणी गरिन्। उनले संविधान संशोधन, सुशासन, पारदर्शिता जस्ता…