ललितपुरको छम्पीको गाई फाममा युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाइफर्मममा उनी मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएकोे छ । उनी आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् ।
गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् ।
प्रतिक्रिया