चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टरमा अभिनेत्री वेनिसा हमाल तनावग्रस्त अवस्थामा देखिएकी छिन् ।
आइतबार निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा औंलामा चुरोट च्यापेर बारमा बसेकी उनी तनावमा छिन् ।
सबै प्रचार सामाग्री निलो रंगमा राखेर सार्वजनिक गर्दै आएको निर्माण पक्षले पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।
चलचित्रको प्रचार सामाग्री हेर्दा राजधानीको रात्री जीवनलाई विषयबस्तु बनाएको संकेत देखिएको छ ।
पछिल्लो समय राजधानीका विभिन्न स्थानमा यस चलचित्रको छायांकन सुरु भइरहेको छ ।
बलिराम चौहानको निर्देशनमा सुरु भएको ‘द ब्ल्यू लाइट’ चलचित्रमा अभिनेत्री बेनिशा हमालसँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारहरु ग्रिसमा कटुवाल र सहारा शर्माको अभिनय रहनेछ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । चलचित्र २०२५ भित्रै प्रर्दशन हुने निर्देशक चौहानले बताएका छन् ।
प्रतिक्रिया