२७ कात्तिक ०७७,इमाडोल । महालक्ष्मी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च दिएको छ । महालक्ष्मीले स्वयंसेवीकाको कामको उच्च मूल्याङ्कन गरेर यस वर्षको चाडपर्वमा दिने भनिएको पैसा बैंक खाता मार्फत दिएको हो । महालक्ष्मीले प्रतिव्यक्ति रु दश हजारका दरले ४५ जना स्वास्थ्य स्वयंसेवीकालाई कोरोना महामारीलाई ध्यानमा राखेर बैंक खाताबाट रकम दिएको महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए…