१६ मंसिर ०७७,काठमाडौं । सत्तासिन पार्टी नेकपाको सचिालय बैठक आज मंगलबार अपरान्ह बस्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बस्न बस्न बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनकाथि छलफल हुनेछ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षले प्रचण्डको प्रस्ताव फिर्ता गराउने फिर्ता गराउन नसके संशोधन गरेर बैठकबाट दुवै प्रस्तावलाई एउटै साझा प्रस्ताव बनाउन जोड दिने पक्षमा छन् ।
उता अर्का अध्यक्ष दाहाल भने आफ्ना प्रस्ताव सचिवालयबाट पास गर्ने पक्षमा छन् । दाहालको प्रस्ताव पारित भए पार्टी फुट्ने सम्भावना रहेकाले प्रधानमन्त्रीलाई दबाबमा राख्न दाहालको जोड हुनेछ ।
दुवै प्रस्तावलाई छलफलपछि स्थायी कमिटी बैठकमा लगेर छलफल हुने र त्यसपछि केन्द्रिय कमिटीको बैठकमा फलफल हुने भएपछि नेकपा विवाद लामो समयसम्म चललने भएको देखिन्छ ।
सचिवालय बैठकअघि खुमल्टार र वालुवाटारमा बैठकहरु बस्ने श्रोतको भनाई छ ।
पार्टीमा प्रचण्डलाई पुर्वप्रधानमन्त्रीद्वय एवं सचिवालय सदस्य माधव नेपाल र झलनाथ खनालको साथ छ भने अर्का सदस्य बामदेव गौत्तम दुवै पक्षतिर छैनन् ।
प्रचण्ड पक्ष दुवै प्रस्तावलाई बहुमतबाट पारित गराउने दाउमा छन् भने ओली पक्ष महाभिवेशन अघि पार्टी एकताको क्रममा बनाइएको अन्तरिम कमिटीले गर्ने निर्णय बैध नहुने तर्क राख्दै आएको छ ।
प्रतिक्रिया