१८ मंसिर ०७७, ललितपुर । गएको २४ घन्टामा नेपालमा १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकोे २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ जनाको पिसीआर परीक्षणपछि यो संख्यामा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा बिहीबारसम्म कोरोनाका संक्रमितकोे संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
गएकोे २४ घन्टामा नेपालमा १३ जनाको कोरोना संक्रमणबाट गएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।
गएको २४ घन्टामा देशभरबाट कोरोनामुक्त हुनेको संख्या २ हजार १ सय ११ जना रहेको छ । अहिलेसम्म नेपालभर कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ जना रहेकोे छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ छ ।
प्रतिक्रिया