भक्तपुर २२ चैत । बिस्केट जात्रामा ढुङ्गा हान्नेलाई प्रशासनले कडा कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवालासँग छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जात्रा बिथोल्न खोज्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएकी छिन् । जात्रा सञ्चालन हुने मुख्य सडक र चोकमा ‘सिसी क्यामरा’ जडान गरिएको जानकारी…