काठमाडौँ काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर निधन भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमय रूपमा मृत भेटिएका हुन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका ५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी…