भक्तपुर भक्तपुरको चाँगुनारायणमा एक बृद्ध मृत भेटिएका छन् । प्रहरीका अनुसार खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल सोमबार मृत अवस्थामा फेला परेका हुन् । काठमाडौं खुलालटार डेरा गरी बस्ने उनी चाँगुनारायण नगरपालिका ४ चाँगु खोरिया गणेशस्थान मन्दिर नजिक धान खेतमा मृत भेटिएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले…