ललितपुर । १० वर्षदेखि चोरी गर्दै आएका ललितपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका– २३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनी विगत १० वर्षदेखि चोरीमा संलग्न रहेको…