६ पुस ०७८, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक पत्र पठाउँदै पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका छन्। अध्यक्ष मिश्रले यसअघि मंसिर २८ गतेको केन्द्रीय सम्पादन समितिको बैठकको निर्णयानुसार सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाएका छन्।…