१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड पत्नी सीतालाई कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार




९ माघ ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ ।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उनी कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : १९ बजे