१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज देशभरका अदालत बन्द हुँदै




९ माघ ०७८, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वाेच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।
‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।
शर्माको बुधबार निधन भएको थियो । उनका छोरा विदेशबाट आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।
सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पु¥याएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ३९ बजे