१२ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पश्चिम सेती कतारले बनाउने


२३ माघ २०७५, बुधबार  

0
Shares

रमेश लम्साल
काठमाडौं

२२ माघ २०७५

कतार सरकारको एक कम्पनीले संचालन गरेको एक कम्पनी पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न इच्छा व्यक्त गरेको छ ।

लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले निर्माणगर्न कतारी कम्पनी तयार रहेको जानकारी दिएपछि फेरि पश्चिम सेती आयोजना अघि बढ्ने सम्भावना बढेको हो । नेपाल सरकारले कतारी कम्पनीसँग निरन्तर छलफल गरे पश्चिम सेती आयोजना टुंगाउने वाग्लेले जानकारी दिए

एक खर्ब ५० अर्ब लागत अनुमान रहेको पश्चिम सुेती समय समयमा विभिन्न विदेशी कम्पनीले निर्माण गर्ने चर्चासँगै अनेक उल्झनका कारण अघि बढ्न सकेको छैन ।

७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना अष्ट्रेलियाली कम्पनी स्मेकले बनाउने भएपछि सो आयोजना लामो समय अल्झेको थियो ।स्मेक हटेपछि सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनामा लगानी गर्न इच्छा व्यक्त गरे पनि उसले पनि हात झिकेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।