ललितपुर खबर
चापागाँउ, ललितपुर
२७ माघ २०७५
निरन्तरको बर्षापछि आइतबार विहान आकाश खुल्यो । अनि राजधानी उपत्यका सुन्दर देखिएको छ । उत्तरतर्फका हिमाल दन्तलहर हाँसे झै सेताम्मे देखिए । भने शहरका खोच बेसी र टारहरुमा रुवा झैं सुन्दर तुवालोको मुस्लो उड्यो ।
उत्तरको मनास्लु,गणेश,लाङ्गटाङ्ग,दोर्जे लाक्पालगायत हिमालहरु ीहउले ढाकिएका छन् । वरपरका चम्पादेवि,फुल्चोकी चुचुरामा अझैं हिउले ढाकिएका देख्न सकिन्छ । उपत्यकाका फाँटहरुमा कतै तोरी फुलेर ढकमक्क छ भने कतै गँहु झुलेर हरियाली । हेरौं ललितपुरबाट देखिएको यो सुन्दर काठमाडौं उपत्यका ।
प्रतिक्रिया